काठमाडौँ । राजावादीले शुक्रबार काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका कीर्तिपुर-४ बस्ने २९ वर्षीय सविन महर्जनको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
अस्पताल ल्याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका हुन् । मृतकको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमै राखिएको छ ।