काठमाडौँ । काठमाडौंको तीनकुनेमा राजावादीले घरमा आगो लगाउँदा जलेर पत्रकारको मृत्यु भएको छ । दृष्य खिच्न घरमा चढेका बेला आन्दोलनकारीले आगो लगाउँदा जलेर एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।
आन्दोलनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगो लगाएका थिए । सोही क्रममा पत्रकार रजक आगोमा जलेका हुन् । उनी घरको चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए ।