धनकुटा । धनकुटामा आजबाट भीम नारायण गोल्डकप सुरु भएको छ । सहिद भिमनारायण प्रतिष्ठानको आयोजनामा १७ औं संस्करणको गोल्डकप आजबाट सुरु भएको हो । धनकुटाको तल्लो टुँडिखेलमा प्रतियोगिता भइरहेको छ ।
आजको पहिलो उद्घाटन खेलमा आयोजक धनकुटा र नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा आठ टिमको सहभागिता छ ।
चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले सात लाख र उप-विजेता टोलीले तीन लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।