संगालोखबर


धनकुटा । पाँचौँ सहिद प्रकाश थापा स्मृति कप अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका-१ स्थित घंगरुमा शनिबार सम्पन्न खेलमा मोरङको बेलबारी नगरपालिकालाई हराउँदै षडानन्दले उपाधि जितेको हो ।

Advertisement

बेलबारीलाई २५-१८, २५-२१, २२-२५ र २५-२१ को सेटमा षडानन्दले हराएको थियो । विजेता बन्दै षडानन्द नगरपालिकाले एक लाख २१ हजार र उपविजेता बेलवारी नगरपालिकाले ६५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरेका थिए । चैत्र १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ६ टिम सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!