सुनसरीको दुहबीमा गुडिरहेको मोटरसाइकलमा आगलागी

सुनसरीको दुहबीमा गुडिरहेको मोटरसाइकलमा आगलागी

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ मा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । सोमबार बिहान करिब ११ः२७ बजे खनारतर्फ जाँदै गरेको प्र १०-२-०४३ प ६१८४ नम्बरको एनएस मोटरसाइलकमा आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । मोटरसाइकल चालक दुहबी-४ का एमडी रोशन खान सकुशल रहेका प्रहरीले जनाएको छ । आगलागीको जानकारी पाउनासाथ इलाका प्रहरी कार्...
सीएनआई कोशीमा इनक्युबेशन सेन्टर उद्‌घाटन

सीएनआई कोशीमा इनक्युबेशन सेन्टर उद्‌घाटन

विराटनगर । सीएनआई वाईईएफ कोशी प्रदेशले स्थापना गरेको इनक्युबेशन सेन्टर उद्घाटन गरिएको छ । नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्न इनक्युबेशन सेन्टर सञ्चालन गरिएको हो । विराटनगरको वरगाछीस्थित सीएनआई कोशीको कार्यालयमा स्थापना गरिएको सो इनक्युबेशन सेन्टरको सोमबार पूर्व रक्षामन्त्री हरि उप्रेतीले उद्‌घाटन गरेका छन् । कार्यक्रममा सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सीएनआई कोशीका अध्यक्ष पवन स...
लोक सेवा आयोगको वार्षिकोत्सवमा हाजिरीजबाफ र वृक्षरोपण

लोक सेवा आयोगको वार्षिकोत्सवमा हाजिरीजबाफ र वृक्षरोपण

धनकुटा । लोक सेवा आयोगको ७५ औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीका अवसरमा धनकुटामा हाजिरीजबाफ प्रतियोगिता र वृक्षरोपण गरिएको छ । लोक सेवा आयोग धनकुटाले माध्यमिक विद्यालयस्तरीय हाजिरीजबाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय प्रथम, जनकल्याण माध्यमिक विद्यालय मार्गा द्वितीय र गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरानबजार तृतीय भएका छन् । त्यस्तै, भाषा माध्य...
इजरायल भ्रमणमा रहेका विराटनगरका मेयर बंकरमा लुक्न बाध्य

इजरायल भ्रमणमा रहेका विराटनगरका मेयर बंकरमा लुक्न बाध्य

विराटनगर । इजरायल भ्रमणमा रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बंकरमा लुकेर बस्न बाध्य भएका छन् । इजरायल र इरानबीच आक्रमण सुरु भएपछि कोइरालासहित विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्न बाध्य भएका हुन् । इजराइलको सहकारी अभ्यासबारे अध्ययन गर्न आठ दिनअघि त्यहाँ पुगेका मेयर कोइराला २० तारिकमा नेपाल फर्कने तय थियो । तर दुई देशको तनावकाबीच त्यहाँका विमानस्थल बन्द भएपछि मेयर कोइरालाको नेपाल...
ग्रामथानमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ग्रामथानमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ तेतरियामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार ग्रामथान-४ का २२ वर्षीय सुरज सरदार छन् । आइतबार राती करिब १०ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पठाइएकोमा करिब ११ः२५ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका...
इलाममा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

इलाममा पिकअप दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

विराटनगर । इलाममा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा झापाको खुदुनाबारी घर भई इलामको देउमाई नगरपालिका-९ नवमी बजारमा व्यवसायी गरी बस्ने ३८ वर्षीय विष्णु पराजुली छन् । गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउने क्रममा राती ९ः३० बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उनकै छोरी ८ व...
धनकुटामा गिटीको थुप्रोभित्र भेटियो युवकको शव

धनकुटामा गिटीको थुप्रोभित्र भेटियो युवकको शव

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेमा गिटीको थुप्रोभित्र युवकको शव फेला परेको छ । जितपुर-लेगुवा सडक खण्डस्थित निर्माणाधीन सडकको छेउमा राखिएको गिटीको थुप्रोमा महालक्ष्मी-१, कटहरेका २५ वर्षीय दिपेश कटुवालको शव फेला परेको हो । थुपारेर राखेको ग्राभेल सम्याउने क्रममा आइतबार दिउँसो करिब २ बजे ग्राभेलभित्र मान्छेको खुट्टा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी टोली पुगेर गिटी पन्छाएर म...
मोरङका सुनचाँदी व्यवसायीको चेतावनीः कर खारेज नभए सरकारलाई चाबी बुझाउछौँ

मोरङका सुनचाँदी व्यवसायीको चेतावनीः कर खारेज नभए सरकारलाई चाबी बुझाउछौँ

विराटनगर । मोरङका सुनचाँदी व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सुन र हिराका गहनामा घोषणा गरेको कर खारेज नगरिए व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाउने चेतावनी दिएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कर खारेज गर्न माग गर्दै माग सुनवाई नभए चाबी बुझाउने चेतावनी दिएका हो । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुन तथा सुनक...
धनकुटामा लागू गरियो ‘टाइम कार्ड’

धनकुटामा लागू गरियो ‘टाइम कार्ड’

धनकुटा । पूर्वी पहाडी जिल्लामै पहिलो पटक धनकुटामा आजबाट सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ । सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्न भाडाका यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो । गत जेठ ९ गते बसेको सरोकारवालाहरूको बैठकले दुर्घटनाको तथ्याङ्क विश्लेषण गरेर त्यसलाई कम गर्न टाइम कार्ड लगाउनु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज भेडेटारमा आयोजित कार्यक्रममा ...
कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित) 

कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित) 

विराटनगर । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कोशी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आज प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख विनियोजन गरिएको छ । त्यस्तै, पूँजीगततर्फ १७ अर्ब १० करोड बजेट छुट्याइएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार थोरै बढाएको छ ।...
कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट 

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट 

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट ल्याएको छ । आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट सार्वजनिक गरेका हुन् । कृषि सम्बद्ध व्यवसाय विस्तारका लागि अधिकतम किसानको पहुँच पुग्ने गरी बैंक वित्तीय संस्था तथा सहकारी मार्फत उपलब्ध कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड रकम विनियोजन भएको छ । यस्तै मनमोहन प्राविधिक विश्...
विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडान थालिने

विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडान थालिने

विराटनगर । विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडान थालिने भएको छ । आज कोशी प्रदेश सभामा प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यस्तो जानकारी दिएका हुन् । यो विषय कार्यान्वयन भए विराटनगरबाट अन्य प्रदेशमा रहेको विमानस्थलहरुमा पनि उडान सुरु हुनेछ । यसले हवाई यात्रामार्फत अन्य प्रदेशमा जान सहज हुनेछ ।
धनकुटामा स्रष्टासहित विभिन्न व्यक्तिलाई सम्मान

धनकुटामा स्रष्टासहित विभिन्न व्यक्तिलाई सम्मान

विराटनगर । नेपाल गर्गाचार्य विश्वभाषा पुस्तकालय धनकुटाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने पाँच जना व्यक्तिसहित स्रष्टालाई सम्मान गरेको छ । शनिबार पुस्तकालयले एक कार्यक्रमकाबीच सम्मानपत्र, दोसल्ला र नगदसहित उनीहरूलाई सम्मान गरेको हो । लक्ष्मीकान्त देव्यकन्या रुक्मिणी स्मृति पुरस्कारबाट सुनसरीका पं. रेवतीप्रसाद घिमिरे सम्मानित भए । पूर्वीय दर्शनको श्रीवृद्धिको लागि योगदान पुर्याएको भन्दै नगद पा...
विपदबाट हुने क्षति घटाउन लागिपर्‍यो कोशी प्रदेश सरकार

विपदबाट हुने क्षति घटाउन लागिपर्‍यो कोशी प्रदेश सरकार

विराटनगर । दशा बाजा बजाएर आउँदैन । नेपाली समाजमा प्रचलित यो भनाइको आशय विपद् जुनसुकै वेला पनि निम्तिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै विपद्जन्य घटना र त्यसबाट हुनसक्ने जनधनको क्षतिलाई कम गर्न कोशी प्रदेश सरकार लागिपरेको छ । प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि तत्कालीन र दीर्घकालीन दुवै योजना बनाएर काम गरिरहेको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबान, कटान, भूकम्प, आगलागी, हावा...
कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

कानेपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु, छोरा र श्रीमती घाइते

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको बेलबारी-४ घर भई इलाममा कार्यरत सहायक हबल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो । शनिबार राति ८ बजे पथरीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र १-०२-०४३ प २४७१ नम्बरको मोटरसाइकल डाँस खोला पुलको डाइभर्सनमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भ...
रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ संसारीमाई स्थानमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पिकअप चालक विराटनगर-८ का ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको हो । शनिबार करिब २ः४० बजे बोइलर कुखुराको दाना बोकेर विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को २ च १३०० नम्बरको पिकअप डिभाइडरमा ठोक्किएको थियो । पिकअपमा सवार विराटनगर-८ कै २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पर...
पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

पाँचथरमा हेवा खोलाको बेलिब्रिज खस्दा तीन मजदुरको मृत्यु

विराटनगर । पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा तीन जना मजदुरको मृत्यु भएको छ । शनिबार साँझ ६ बजे बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो । उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीए...
मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लाग्दा पति-पत्नीको मृत्यु

मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लाग्दा पति-पत्नीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा करेन्ट लागेर पति-पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बू छन् । आज बिहान मदेनी खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरूलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनीहरूको बिहान ९ः४० बजेतिर मृत्यु...
मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने तीन जना पक्राउ

मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ मा डेरा गरी बस्ने २६ वर्षीय रोशन कुमार मण्डल, धनपालथान गाउँपालिका-७ का २२ वर्षीय विशाल कुमार सिंह र भारतको अररिया जिल्लाका १८ वर्षीय कृष पासवान छन् । पछिल्लो केही समयदेखि विराटनगरसहित मोरङको दक्षिण क्षेत्रहरूमा चोरीका घटनाहरू बढीरहेकोमा गत बैशाख ११ गते कटहरी गाउँपालिका-४ नयाँ बजार स्थित ...
श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु

श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडामा श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-६ की ५६ वर्षीया बिष्णुकुमारी खड्का छन् । आमबारी-उर्लाबारी पक्की सडक खण्डमा शुक्रबार बिहान करिब १० बजे कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेका खड्का दम्पती सवार प्र १-०२-४९ प ७५५४ नं. को स्कुटरको टायर पड्किएको हो । विष्णुकुमारीका श्रीमान ६० वर्षीय भवानी ...
मासु खाने क्रममा हड्डी अडकिएर धनकुटाका वृद्धको मृत्यु

मासु खाने क्रममा हड्डी अडकिएर धनकुटाका वृद्धको मृत्यु

धनकुटा । मासु खाने क्रममा घाँटीमा हड्डी अडकिएर धनकुटाका एक वृद्धको मृत्यु भएको छ । सुँगुरको मासु खाने क्रममा मासुसँगै रहेको हड्डी अड्कँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ७८ वर्षीय प्रेमबहादुर लिम्बूको मृत्यु भएको हो । घटना गत जेठ २१ गते रातीको हो । मासु खाँदा हड्डी अड्किएपछि लिम्बूलाई उपचारका लागि मोरङको वुढिगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा ग...
मुख्यमन्त्रीलाई बुझाइयो कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणापत्र

मुख्यमन्त्रीलाई बुझाइयो कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणापत्र

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कोशी स्टार्टअप तथा नवप्रवर्तन केन्द्रको अवधारणा पत्र बुझाइएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश र युवा उद्यमी मञ्चले कोशी प्रदेशका युवाहरूलाई उद्यमशीलता र रोजगारीमा सक्षम बनाउन, प्रदेशमै आधारित स्टार्टअपहरूलाई समर्थन गर्न अवधारणा पत्र तयार गरेका हुन् । इनक्युबेशन सेन्टर भन्नाले प्रारम्भिक चरणमा रहेका स्टार्टअप तथा नवप्रवर्तनशील उद्यम...
धनकुटाका गाईमा देखियो लम्पीस्किन रोग

धनकुटाका गाईमा देखियो लम्पीस्किन रोग

धनकुटा । धनकुटाका गाईमा लम्पीस्किन रोग देखिएको छ । दुई वर्ष अघि महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग अहिले पुनः धनकुटा नगर क्षेत्रका गाईमा देखा परेको हो । धनकुटा-६ पात्लेखोलाका डिल्लीराम राई र धनकुटा-१० का दुर्गा अधिकारीले पालेको गाईमा लम्पीस्किनको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । संक्रमण देखिएका गाईहरूलाई खोप लगाएको छ । लम्पीस्किन रोगको संक्रमणपछि पश...
कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर । आज कोशीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना छ । २४ घण्टाभित्र ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई महाशाखाले भारी वर्षा भन्ने गरेको छ । महाशाखाका अनुसार गण्डकी, बागमती र लुम्बिनी प्रदे...
विराटनगरको आरोहण गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ सुरु 

विराटनगरको आरोहण गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ सुरु 

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा ‘विराट वाङ्मय उत्सव-२०८२’ सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धन तथा आरोहण गुरुकुलको आयोजनामा आजबाट उत्सव सुरु भएको हो । विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले उद्‌घाटन गरेको महोत्सव भोलि समापन हुनेछ । उद्‌घाटन समारोहमा वरिष्ठ कवि कृष्णभूषण बलको संकलित कविताहरूको संग्रह र युवाकवि रमेशचन्द्र अधिकारीको माझीहाडाम कवितासंग्र...
मोरङको बेलबारीमा सर्पले डस्दा आठ वर्षीया बालिकाको मृत्यु

मोरङको बेलबारीमा सर्पले डस्दा आठ वर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका-५ सोमबारेमा सर्पले डस्दा बालिकाको मृत्यु भएको छ । आज दिउँसो सर्पले डस्दा ८ वर्षीया सन्ध्या रायमाझीको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर सर्पले डसेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्थामा बालिकालाई सर्पले डसेको थियो । तर...
एयर इन्डिया विमानमा सवार सबै २४२ यात्रुको मृत्यु

एयर इन्डिया विमानमा सवार सबै २४२ यात्रुको मृत्यु

विराटनगर । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सवार सबै २४२ यात्रुको मृत्यु भएको छ । जसमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि छन् । आज दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । समाचार संस्था एपीका अनुसार दुर्घटनामा कोही पनि जीवित भेटिने सम्भावना छैन । भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्...
तमोर नदीमा बेपत्ता किशोरको शव फेला

तमोर नदीमा बेपत्ता किशोरको शव फेला

विराटनगर । तमोर नदीमा बेपत्ता किशोरको शव फेला परेको छ । पौडी खेल्न गएका बेला बेपत्ता भएका १६ वर्षीय शिशिर राईको शव नदी किनारमा भेटिएको हो । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-७ भालुखोप घर भएर उनी फिदिम बजारमा बस्दै आएका थिए । उनी जेठ २४ गते पाँचथर र तेह्रथुमको सीमावर्ती तमोर नदीबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको खोजी भइरहेकोमा बुधबार साँझ शव भेटिएको पाँचथर प्रहरीले जनाएको ...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ...
धनकुटाबाट बिर्तामोड जाँदै गरेको इभी गाडीमा गाँजा, चालक पक्राउ

धनकुटाबाट बिर्तामोड जाँदै गरेको इभी गाडीमा गाँजा, चालक पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १० किलो गाँजासहित इभी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ बेलहराका २० वर्षीय बालकृष्ण मगर छन् । आज बिहान करिब ७ बजे चेकजाँचका क्रममा धनकुटाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४५२७ नम्बरको इभी गाडीमा गाँजा फेला परेको हो । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार इभी गाडीको सिट...
धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ

धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ

धनकुटा । धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । फरक-फरक तीन वटा गाँजा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका सहिदभूमि गाउँपालिका-६ आँखिसल्लाका ३८ वर्षीय डम्बर राई पक्राउ परेका हुन् । उनलाई बुधबार साँझ करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कोशी लोकमार्गबाट नियन्त्रणमा लिइएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । फरार अभियुक्त निय...
error: Content is protected !!