संगालोखबर


विराटनगर । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा सवार सबै २४२ यात्रुको मृत्यु भएको छ । जसमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि छन् ।

आज दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । समाचार संस्था एपीका अनुसार दुर्घटनामा कोही पनि जीवित भेटिने सम्भावना छैन ।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म एक सय जनाको शव भेटिएको छ ।

आज दिउँसो भारतीय समय अनुसार १ः३८ बजे बोइङ ७८७-८ एयरक्र्याफट विमान रने-वे बाट टेक अफ गरेको थियो । जुन विमान १ः४० मै तल खसेको थियो ।

विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरूको आवास भएको समाचारमा जनाइएको छ । विमान खसेर आगलागी हुँदा १५ जना डाक्टर घाइते भएका पनि भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!