विराटनगर । इजरायल भ्रमणमा रहेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला बंकरमा लुकेर बस्न बाध्य भएका छन् । इजरायल र इरानबीच आक्रमण सुरु भएपछि कोइरालासहित विभिन्न देशका जनप्रतिनिधि बंकरमा लुक्न बाध्य भएका हुन् ।
इजराइलको सहकारी अभ्यासबारे अध्ययन गर्न आठ दिनअघि त्यहाँ पुगेका मेयर कोइराला २० तारिकमा नेपाल फर्कने तय थियो । तर दुई देशको तनावकाबीच त्यहाँका विमानस्थल बन्द भएपछि मेयर कोइरालाको नेपाल फिर्ती अनिश्चित बनेको छ ।
मेयर कोइरालाले आफू इजरायलको राजधानीबाट ३० किलोमिटर दूरीमा रहेको ‘सेफाइम’ भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन् ।
उनका अनुसार नेपालबाट उनी मात्रै सहभागि भएका थिए भने अन्य देशका सांसद र जनप्रतिनिधि सहभागि थिए । उनले साइरन बजेपछि बंकरमा छिरेर बस्ने गरेको बताएका छन् ।