नम्रता न्यौपाने/संगालोखबर

विराटनगर । मोरङका सुनचाँदी व्यवसायीहरूले सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सुन र हिराका गहनामा घोषणा गरेको कर खारेज नगरिए व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाउने चेतावनी दिएका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कर खारेज गर्न माग गर्दै माग सुनवाई नभए चाबी बुझाउने चेतावनी दिएका हो ।

Advertisement

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर र हिरा-जवाहरात जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर अर्थात भ्याट लगाउने घोषणा गरेको छ । आगामी साउन १ गतेबाट यो नियम लागू हुनेछ ।
पत्रकार सम्मेलनमा सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभूषण साहले यो नियम लागू हुँदा सुनको मूल्य वृद्धि भएर ग्राहकले किन्न नसक्ने अवस्था सृजना हुने र व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने दावी गरे । उनले हजारौं व्यापारी, कालिगढ तथा मजदुरहरूको रोजीरोटी गुमाउने यो निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् ।

मुलुकी देवानी संहिताले नगद सरह मान्यता दिएको सुनलाई विलासीताको बस्तुको रुपमा व्याख्या गरेर कर तोकिनु ऐन विपरित भएको सुनचाँदी व्यवसायीको तर्क छ । यो निर्णयले खुला सीमाबाट हुने सुनको अवैध कारोबारलाई प्रोत्साहन मिल्नेतर्फ पनि उनीहरूले सचेत गराएका छन् ।

कर खारेज माग गर्दै देशभरका सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर आन्दोलनमा होमिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!