विराटनगर । सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले कम हो ।