अनेमसंघ धनकुटाको अध्यक्षमा तितुङ

अनेमसंघ धनकुटाको अध्यक्षमा तितुङ

धनकुटा । अखिल नेपाल महिला संघ धनकुटाको अध्यक्षमा तारा तितुङ कटेल निर्वाचित भएकी छन् । संघको सातौँ जिल्ला सम्मेलनले तितुङको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला इवाहाङ र रेखा चेम्जोङ, सचिवमा सावित्रा राई, सहसचिवमा गोमा कार्की र कोषाध्यक्षमा सीता थापा पराजुली चयन भएका छन् । संघको दुई दिने जिल्ला सम्मेलन सोमबारबाट सुरु भएको थियो । उद्घाटन सत्र सकेर सु...
मोरङको निमुवा मोटरसाइकल दुर्घटनाका दुवै घाइतेको मृत्यु, मृतकको खुलेन पहिचान

मोरङको निमुवा मोटरसाइकल दुर्घटनाका दुवै घाइतेको मृत्यु, मृतकको खुलेन पहिचान

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका–४ निमुवास्थित कोशी लोकमार्गमा सोमबार विहान भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवाको उपचारका क्रममा मृत्यु भएको छ । बुढिगंगास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । यसअघि दुर्घटना पश्चात उपचारका लागि लैजाने क्रममा चालकको पनि मृत्यु भएको थियो । तर, दुवै मृतक को हुन् भन्ने पहिचान खुल्न सकेको छैन । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ ...
कर्णालीको दुर्गम जिल्ला कालिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

कर्णालीको दुर्गम जिल्ला कालिकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

कालिकोट । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय कर्णाली हेल्थ केयर फाउण्डेशनसँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ८ सय ७५ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा १६८ जनाको इसीजी, २८५ जन...
गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता

गोठगाउँमा मेडिकल कलेज चलाउन कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता भएको हो । मन्त्रिपरिषद्ले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न...
धनकुटामा बैंक र लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिको विरोधमा प्रदर्शन

धनकुटामा बैंक र लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिको विरोधमा प्रदर्शन

धनकुटा । बैंक तथा लघुवित्तको चर्को ब्याज र मूल्यवृद्धिको विरोधमा आज धनकुटामा प्रदर्शन गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दिउँसो मदनचोकमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सो पार्टीका नेता कार्यकर्तासहित बैंक तथा लघुवित्तको चर्को ब्याजका कारण पीडित बनेका व्यक्तिहरू पनि सहभागि थिए । ‘वित्तीय संस्थाको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योग र व्यवसायलाई राहत दे, लघुवित्त संस्थ...
एमालेबाट मन्त्री बनेकाहरूले दिए सामूहिक राजीनामा

एमालेबाट मन्त्री बनेकाहरूले दिए सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै बनेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । आज अपरान्ह प्रधानमन्त्रीलाई भेटेर उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् । सबै मन्त्रीहरू गएर सामूहिक रुपमा राजीनामा बुझाइएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले जानकारी दिए । एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रम...
मोरङको निमुवामा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको निमुवामा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ निमुवास्थित कोशी लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल बिहान करिब ९ बजे बुढिखोलाको पुल नजिक सडक छेउमा रहेको विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएपनि उनको पहिचान खुल्न बाँकी रहेको मोरङका प्रहरी प्रवक्...
धनकुटामा विप्लव नेतृत्वको नेकपाले लघुवित्त संस्थालाई प्रतिबन्ध लगाउँने

धनकुटामा विप्लव नेतृत्वको नेकपाले लघुवित्त संस्थालाई प्रतिबन्ध लगाउँने

धनकुटा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनकुटामा लघुवित्त संस्थाहरू र मिटरब्याजीलाई प्रतिबन्ध लगाउँने दावी गरेको छ । बैक तथा वित्तिय संस्थासम्बद्ध १६ बुँदे माग राख्दै सो पार्टीले माग पुरा नभएसम्म लघुवित्त संस्थाहरू र मिटरब्याजीलाई प्रतिबन्ध लगाउँने निर्णय गरेको हो । सो पार्टीले लघुवित्त संस्थाहरू र मिटरब्याजीविरुद्ध जनकारवाही गर्ने चेतावनीसमेत दिएको छ । धनकुटामा फागुन ५ गतेदेखिनै भण...
सञ्चारिका समूह धनकुटाको अध्यक्षमा राई

सञ्चारिका समूह धनकुटाको अध्यक्षमा राई

धनकुटा । सञ्चारिका समूह धनकुटाको अध्यक्षमा सर्मिला राई चयन भएकी छन् । धनकुटामा आइतबार समूहको दोस्रो साधारण सभाले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा निर्मला कुँवर, सचिवमा आकृति राई र कृष्णा राई, सह-सचिवमा शारदा विश्वकर्मा र कोषाध्यक्षमा चाँदनी राई चयन भएका छन् । यस्तै, सदस्यहरूमा अनिता राई, बालकुमारी थापा, सिर्जना खुलाल, सष्टीका राई, सुनिता राई, अनुस...
धरानबाट मोटरसाइकल चोर्ने तीन जना बराहक्षेत्रमा समातिए

धरानबाट मोटरसाइकल चोर्ने तीन जना बराहक्षेत्रमा समातिए

सुनसरी । धरानमा राखिएको मोटरसाइकल चोरेर लैजाने तीन जना युवालाई प्रहरीले बराहक्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–१ का ३४ वर्षीय सजन श्रेष्ठ, धरान–४ का २८ वर्षीय विश्वराज राई र धरान–१३ का २३ वर्षीय रतिस श्रेष्ठ छन् । चोरेर लगेको मोटरसाइकलसहित बराहक्षेत्र नगरपालिका–३ बाट उनीहरु पक्राउ परेका हुन । अस्थायी प्रहरी चौकी नहडाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चोरीको मोटरसा...
भन्सार छलेर ल्याएको चार लाखको कपडा बरामद

भन्सार छलेर ल्याएको चार लाखको कपडा बरामद

सुनसरी । भन्सार छलेर ल्याइएको चार लाख भन्दा बढी मूल्यको कपडा सुनसरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको रामधुनी–४ स्थित भित्री सडक खण्डबाट ७ सय ८४ पिस कुर्था सुरुवालको कपडा नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय पकली र सिंघिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो । सो कपडाको मूल्य ४ लाख ३४ हजार बराबर हुन आउँने प्रहरीको अनुमान छ । भन्सार छलेर ल्याएको हुनाले सो...
झापाका दुई युवाले साढे तीन करोडमा खोले मेटल उद्योग, सय युवालाई रोजगारी दिइने

झापाका दुई युवाले साढे तीन करोडमा खोले मेटल उद्योग, सय युवालाई रोजगारी दिइने

झापा । झापाका दुई युवाले साढे तीन करोडको लगानीमा बिर्तामोड नगरपालिका–१ मा ‘मेटल इन्डस्ट्री’ सञ्चालन गरेका छन् । बाह्रदशी गाउँपालिका–३ का नवीन भण्डारी र गौरादह नगरपालिकाका चेतनाथ निरौलाले नमस्ते मेटल एण्ड इन्जिनियरिङ् वक्र्स कम्पनीमार्फत उद्योग सञ्चालन गरेका हुन् । आर्थिकमन्दीकै समयमा युवाहरूले उद्योग सञ्चालन गरेर सुरुवाती चरणमा २० जनालाई रोजगारी दिएका छन् । उद्योग पूर्णरुपमा सञ्चालन हुँदा सय जन...
पाँचथरमा आगलागी हुँदा जलेर दुई बालकको मृत्यु

पाँचथरमा आगलागी हुँदा जलेर दुई बालकको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-७ यवाडाँडामा आगलागी हुँदा जलेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ-७ भारपाका शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशान छन् । आज दिँउसो स्थानीय प्रेम पन्थाकको घरमा आगलागी भएको थियो । मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए भने छिमेकी सेसेहाङ उनीसँग खेल्न आएका थिए । घरका अरु सदस्य जंगलमा दाउरा खोज्न गएको र घरमा द...
घाँस काट्न गएका बेला खुकुरीले हानेर श्रीमतीको हत्या

घाँस काट्न गएका बेला खुकुरीले हानेर श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । बेलका नगरपालिका–९ भचुवाकी २० वर्षीया युनिसा खत्रीको हत्या गरेको आरोपमा उनका श्रीमान २७ वर्षीय बिनोद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार बिहान खाना खाएर बेलका–६ मा रहेको जाल्पा वाबुङ्ला रमिते सामुदायिक बनमा उनीहरु घाँस काट्न गएका थिए । सोही क्रममा पौडेलले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीलाई खु...
झापामा किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

झापामा किशोरी बलात्कार आरोपमा एक जना पक्राउ

झापा । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–८ का ३९ वर्षीय अशोक बराइली छन् । ती किशोरीलाई बराइलीले पुस २९ गतेदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । बलात्कारको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनकुटामा ७० वर्षीय वृद्धको विभत्स हत्या, शरीर र टाउको भेटियो बेग्लाबेग्लै

धनकुटामा ७० वर्षीय वृद्धको विभत्स हत्या, शरीर र टाउको भेटियो बेग्लाबेग्लै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका मानबहादुर बस्नेतको विभत्स हत्या भएको छ । ७० बर्षीय वृद्ध बस्नेतको घरमै हत्या भएको हो । हत्या भएको अवस्थामा उनको शरीर घरमै भेटिएको छ, टाउको भने करिब एक किलोमिटर टाढा फेला परेको छ । घटनाको जानकारी पाएपछि अहिले प्रहरी टोली घटनास्थल पुगेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए । ‘हत्या भएको थाहा पाएपछि हामी भर्खरै यहाँ आइपु...
कविता प्रतियोगितामा गोकुण्डेश्वरकी इक्शा भइन् प्रथम

कविता प्रतियोगितामा गोकुण्डेश्वरकी इक्शा भइन् प्रथम

धनकुटा । धनकुटामा बिहीबार भएको खुल्ला कविता प्रतियोगितामा गोकुण्डेश्वर माध्यमिक विद्यालयकी छात्रा इक्शा राई प्रथम भएकी छन् । भाषा साहित्यको उत्थान गरी नव प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सल्लेरी साहित्य संगमको संयोजनमा धनकुटा नगरपालिकाको ४ नं. वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा निजामती आवासीय विद्यालयका छात्र सक्षम बानियाँ द्वितीय, गोकुण्डेश्वर बालमन्दिर माविका ...
धनकुटामा पनि एमालेको ‘मिसन ग्रासरुट’ अभियान

धनकुटामा पनि एमालेको ‘मिसन ग्रासरुट’ अभियान

धनकुटा । धनकुटामा पनि नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि एमालेले अभियान थालेको हो । एमालेको यो देशव्यापी अभियान हो । अभियान अन्तर्गत धनकुटामा जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गरी स्थानीय नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिइएको छ । अब एमालेले पार्टीको सदस्यता प्रदान गर्न सम्बन्धित व्यक्तिको भौतिक उपस्थितिलाई अनिवार्य गर्ने भएको छ । पार्टी ...
धनकुटाको जितपुरमा भीषण डढेलो

धनकुटाको जितपुरमा भीषण डढेलो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरस्थित याङपाङ्ग क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । याङपाङ्गको लहरेबर आसपास क्षेत्रमा रहेको खोरिया र लाटलोटे बनमा भीषण डढेलो लागेको हो । साँझ करिब ७ बजेबाट सुरु भएको डढेलो अझै नियन्त्रण हुन सकेको छैन । बनमा लागेको डढेलो बस्तीतर्फ बढ्दै गएपछि स्थानीयवासी त्रसित भएका छन् । आगो नियन्त्रणका लागि जितपुर, याङपाङ र छुम्लिङ्ग क्षेत्रका सर्वसाधारण खटिएका छन...
कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

कोरियाली विश्वविद्यालयका प्राध्यापकको टोलीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण

विराटनगर । दक्षिण कोरियास्थित चाङगाव विश्वविद्यालयका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आवश्यकता शिक्षा” को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकहरूको टोली आएको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार...
धनकुटाकी दिलकुमारीको परिवारलाई अमेरिका बस्दै आएका खड्काले गरे सहयोग

धनकुटाकी दिलकुमारीको परिवारलाई अमेरिका बस्दै आएका खड्काले गरे सहयोग

धनकुटा । अमेरिका बस्दै आएका मनोज खड्काले धनकुटा नगरपालिका–६, पाङसिङकी दिलकुमारी राईको परिवारलाई सहयोग गरेका छन् । ज्यालामजदुरी गर्दै आएका दिलकुमारीका श्रीमान राजबहादुरको करेन्ट लागेर मृत्यु भएपछि आर्थिक अभावले राई परिवार समस्यामा परेको थाहा पाएर खड्काले नगदसहित खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । इटहरी घर भएका खड्का अमेरिका जानुअघि लामो समय धनकुटालाई कार्यक्षेत्र बनाएर सामाजिक काममा सक्रिय थि...
विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

विपन्न बिरामीको निःशुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

काठमाडौं । दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले देशका विभिन्न स्थ...
धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न

धनकुटा । धनकुटा नगरपालिकाको दोस्रो नगर सभा सोमबार सम्पन्न भएको छ । चार वटा निर्णय तथा प्रस्ताव सर्वसम्मत पारित गर्दै नगर सभा सम्पन्न भएको हो । नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भिमादेवी खनालले प्रस्तावहरू प्रस्तुत गरेकी थिइन् । नगरका प्रवक्ता जम्सेर राईका अनुसार नगर सभाले बिनियोजन ऐन संशोधन गरेको छ । त्यस्तै, गत साउनदेखि हालसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरूलाई पन...
बुद्धिचाल संघको अध्यक्षमा अधिकारी

बुद्धिचाल संघको अध्यक्षमा अधिकारी

धनकुटा । धनकुटा जिल्ला बुद्धिचाल संघको अध्यक्षमा रमेशचन्द्र अधिकारी चयन भएका छन् । संघको अधिवेशनले पत्रकार अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा टिका भण्डारी, सचिवमा हेमकुमार राई र कोषाध्यक्षमा विजयशेखर श्रेष्ठ चुनिएका छन् । यस्तै, सदस्यहरूमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किशन बोगटी चयन भएका छन् । यसैगरी, अधिवेशनले रमेशचन्द्र अधिकारी, टिका भण्डारी र श...
धनकुटामा कार दुर्घटना

धनकुटामा कार दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित सल्लेरीमा आज कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तेह्रथुमबाट धरान जादै गरेको बा १५ च ५२०४ नम्बरको कार अपरान्ह करिब ४ः३० बजे नियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनामा परी कार चालक धरान उपमहानगरपालिका–५ का ४३ वर्षीय गुणराज लिम्बू, कारमा सवार तेह्रथुम छथर गाउँपालिका–६ का २५ वर्षीया कुसुम लिम्बू र सोही ठाउँकी २४ वर्षीया शकुन्तला लिम्बू घाइते भएका हुन् ।...
विराटनगरमा खेलकुद महासङ्घको महाधिवेशनका लागि आएका महतको दुर्घटनामा मृत्यु

विराटनगरमा खेलकुद महासङ्घको महाधिवेशनका लागि आएका महतको दुर्घटनामा मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित बरगाछी नजिक गएराती दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । विराटनगरमा आइतवारबाट सुरु भएको नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनका लागि आएका अर्घाखाँचीको सन्धिखर्क–५ का २६ वर्षीय प्रकाश महतको दुर्घटनामा मृत्यु भएको हो । बरगाछीस्थित होटल मनास्लुमा जारी महासङ्घको बन्दसत्रमा सहभागि भएर होटल फर्कने क्रममा महत सवार लु १८ प ५४५६ नम्बरको मोटरसाइकल ...
खेल क्षेत्रको विकास गर्न एमालेले सधैँ सहयोग गर्छ: अध्यक्ष ओली

खेल क्षेत्रको विकास गर्न एमालेले सधैँ सहयोग गर्छ: अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रको विकासमा नेकपा एमालेको सँधै सहयोग रहने बताएका छन् । विराटनगरमा आइतबार नेपाल खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।  एमालेले यसअघि पनि खेलकुद क्षेत्रका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । आफू पनि खेलप्र...
मोटरसाइकल चोरेर भागेका धनकुटाका थापा र इटहरीका चौधरी पक्राउ

मोटरसाइकल चोरेर भागेका धनकुटाका थापा र इटहरीका चौधरी पक्राउ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२ बाट मोटरसाइकल चोरेर भागेका दुई जना युवा विराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का सौगात थापा र इटहरी–२ का दुर्गेस चौधरी छन् । मोटरसाइकल चोरेर भागेको ११ दिनपछि बिराटनगर–११ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत माघ २५ गते इटहरीमा पार्किङ गरेको ठाउँबाट इटहरी–२ का बिक्रम खड्काको प्रदेश १–०२–०४० प ३३१८ नम्वरको सुपर स्पेल...
विराटनगरमा आज खेलकुद महासङ्घको महाधिवेशन, केपी ओलीले उद्घाटन गर्ने

विराटनगरमा आज खेलकुद महासङ्घको महाधिवेशन, केपी ओलीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा आज नेपाल खेलकुद महासङ्घको दोश्रो महाधिवेशन सुरु हुँदैछ । विराट नर्सिङ होम पूर्वको मैदानमा बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । महासङ्घले शनिवार पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको थियो । महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायत खेलहरू प्...
शिवरात्रिका कारण विश्रान्तिमा भक्तजनको घुँइचो (फोटो फिचरसहित)

शिवरात्रिका कारण विश्रान्तिमा भक्तजनको घुँइचो (फोटो फिचरसहित)

धनकुटा । महाशिवरात्रिको अवसरमा आज धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । भगवान शिवको पुजा आराधना गर्न मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । धनकुटाका बिभिन्न स्थानसहित छिमेकी जिल्लाहरुबाट पनि भक्तजनहरू मन्दिरमा आएको विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए । शिवरात्रिकै अवसरमा विश्रान्ति मन्दिर परिसरमा मिनी मेला पनि आयोजना गरिएको छ । ...
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिका १५ तस्वीर

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिका १५ तस्वीर

महाशिवरात्रिको पूर्वसन्ध्यामा शुक्रबार साँझ काठमाडौंको पशुपति मन्दिर क्षेत्रमा देखिएको दृष्य । तस्वीर:बिनोद बिष्ट/संगालोखबर
error: Content is protected !!