- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा केवल र नेटको जथाभावी लत्रिएको तारलाई व्यवस्थापन गर्ने काममा तिव्रता दिइएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो ।

Advertisement

महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरू आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते हिमालय रोडबाट औपचारिक रुपमा तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सम्बन्धित कम्पनीका प्रतिनिधिसँग पटकपटक छलफल गरेका थिए ।

विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । ‘हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘सरसफाई, पार्किङ र तार व्यवस्थापनसँगै कानुनविपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौं ।’

नेपाल टेलिकम, म्याक्स, सुबिसु, वर्ल्डलिंक, भाइनेट, लगायत कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर नागेश कोइरालाले बताउँदै आएका छन् ।

महानगरले उज्यालो महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत धमाधम सडकबत्ती जडान भइरहेको छ । आन्तरिक आयलाई बलियो बनाउन महानगरले कर संकलनलाई पनि तीव्रता दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!