विराटनगरका सौन्दर्यकर्मीद्वारा किसान र विद्यार्थीलाई सहयोग
विराटनगर । विराटनगरका सौन्दर्यकर्मीहरुले किसानलाई मल, बिउ र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगर कमिटी विराटनगरको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार विराटनगर–५ स्थित विशाल चोक नजिक रहेको बस्तीमा पुगेर सहयोग गरिएको हो ।
एक दर्जन भन्दा बढी किसान र विद्यार्थीहरुलाई सहयोग प्रदान गरेर वार्षिकोत्सव मनाइएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगरका अध्...






























