संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

धादिङ । धादिङ गजुरीको गलौदीमा आज बिहान यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं जादै गरेको लु २ ख २१२१ नम्बरको बस त्रिशूली नदीमा खसेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन् । उनीहरुको पहिचान खुल्न बाँकी छ ।

Advertisement

दुर्घटनामा परेका ३३ जनालाई घटनास्थलबाट जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!