संगालोखबर सम्बाददाता
तस्वीर सौजन्य: हरीप्रसाद पौडेल

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१० स्थित चुङमाङमा पिकअप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । हिलेबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप आइतबार दिउँसो करिब ३ बजे भारती माध्यमिक विद्यालय नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका आठ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । बाँकी आठ जना घाइतेलाई जिल्ला अस्पताल ल्याइदै गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

धनकुटा-४ का ३७ वर्षीया देवी खत्री, १० वर्षीय आजित खत्री, ४६ वर्षीय सुनिता खत्री, ३६ वर्षीया देवीका खत्री, पाख्रीवासकी ६० वर्षीया लक्ष्मी राई, २२ वर्षीया रेविका राई र ४० वर्षीया सानु आलेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको अवस्था चिन्ताजनक छ । बाँकी घाइतेको पहिचान खुल्न बाँकी छ ।

ब्रेक फेल भएर पिकअप दुर्घटना भएको प्रहरीको अनुमान छ । पिकअप सडकबाट करिब ४० मिटर तल खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!