रबिन कटेल/संगालोखबर

विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ का बमबहादुर लिम्बुले श्रीमती गीताको हत्या गरेर आत्महत्या गरेका छन् । ६० वर्षीय बमबहादुरले गएराती करिब १ बजे दाउले हानेर श्रीमती ४५ वर्षीया गीताको हत्या गरेका हुन् ।

Advertisement

दाउ प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको मृत्यु भएपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘श्रीमानले श्रीमतीलाई शंका गर्ने र पटक पटक घर झगडा भइरहने गरेको रहेछ, गएराती पनि त्यस्तै विषयमा झगडा हुने क्रममा श्रीमानले दाउले हानेर श्रीमतीको हत्या गरी आफूले पनि त्यही दाउले घाँटी रेटेछन्,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘श्रीमानलाई गम्भीर घाइते अवस्थामा भेटेर नोबेल अस्पताल ल्याइएको थियो, अस्पतालमा बिहान ३ः२० बजे उनको पनि मृत्यु भयो ।’

मृतकको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ । निर्मला राईको घरमा डेरा बस्दै आएका उनीहरु दुवैले दोस्रो विवाह गरेका हुन् । उनीहरूका ८ वर्षीय छोरा छन् । राती श्रीमतीलाई दाउले हानेपछि बमबहादुरले छोरालाई पनि हिर्काउन खोजेको भएपनि छोराले भागेर ज्यान जोगाएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!