संगालोखबर सम्बाददाता
पदभार ग्रहणपछि मन्त्रालयमा कर्मचारीहरूसँग छलफल गर्दै मन्त्री राई । तस्वीर: बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । खानेपानी मन्त्री राजेन्द्र राईले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बुधबार साँझ मन्त्रालय पुगेर मन्त्री राईले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राईसहित १६ जनालाई मन्त्री नियुक्त गरेका हुन् । धनकुटाको मुगामा जन्मिएका राई यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका थिए । एमाले केन्द्रिय सदस्यसमेत रहेका राई धनकुटाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।

Advertisement

अब, मन्त्रिमण्डल २० सदस्यीय भएको छ । यसअघि तीन जनालाई विना विभागीय मन्त्री नियुक्त गरिएको थियो । उनीहरूलाई पनि जिम्मेवारी तोकिएको छ । एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ जना मन्त्री भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!