सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटा नगरपालिका-४ सल्लेरीमा आज अपरान्ह रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सडकको भित्तामाथि रहेको सिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा-१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो ।

Advertisement

उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । अपरान्ह करिब ४ बजे धनकुटाबाट हिले जाने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कासि रुखको हाँगा खसेर टाउको र छातीमा लाग्दा उषा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको भएपनि केही समयमै उनको मृत्यु भएको धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए ।

उपचारका क्रममा धनकुटा जिल्ला अस्पताल आएर श्रीमान-श्रीमती घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् । मोटरसाइकल चालक श्रीमान आशिष भने भने सकुशल छन् ।

रुखको हाँगा खस्दै गरेको देखेपछि उषाले आशिषलाई अगाडि धकेलेका कारण उनी जोगिन सफल भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!