संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका-६ स्थित जिरोप्वाइन्ट आज बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु भएको छ । चैनपुर-नुनढाकी भित्री सडकमा बसबाट खस्दा सोही बसका सहचालक धनकुटा नगरपालिका-६ पात्लेखोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको हो ।

Advertisement

नुनढाकीबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट खड्का खसेका थिए । सोही बसको पछाडिको चक्काले किच्दा खड्का गम्भीर घाइते भए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि बस र चालक धनकुटाको साँगुरीगढी गाउँपालिका-१ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!