संगालोखबर सम्वाददाता
तस्वीर सौजन्य: प्रकाश गिरी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित फेदीमा मंगलबार साँझ मारुती भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् ।

धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ च ३२८० नम्बरको भ्यान र विपरित दिसाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे आपसमा ठोक्किएका हुन् ।

Advertisement

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको भेडेटार प्रहरी चौकीका इन्चार्ज जीवनकुमार कार्कीले जानकारी दिए । दुर्घटनामा तमाङसहित मोटरसाइकल चालक साँगुरीगढी-६ का २२ वर्षीय अभिषेक राई र सोही स्थानका भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका थिए ।

उनीहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भएपनि उपचारकै क्रममा तामाङको मृत्यु भएको हो ।

घाइते दुई जनाको प्रतिष्ठानमै उपचार भइरहेको छ । उनीहरूको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!