संगालोखबर सम्बाददाता

संखुवासभा । संखुवासभामा विवाह नै नगरी प्रेमीसँग बस्दै आएकी युवतीको हत्या भएको छ । खाँदबारी नगरपालिका-११ का ३१ वर्षीय मंशिरे शेर्पासँग ‘लिभिङ टुगेदर’ बस्दै आएकी सिलिचोङ गाउँपालिका-२ की २६ वर्षीया बिनाकुमारी राईको हत्या भएको हो ।

Advertisement

हत्या आरोपमा प्रहरीले उनकै प्रेमी मंशिरे शेर्पालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-७ मा ‘लिभिङ टुगेदर’ बस्दै आएका उनीहरूबीच घरायसी विषयमा विवाद हुँदा प्रेमी मंशिरेले प्रेमिका विनालाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घटनास्थलमै विनाको मृत्यु भएको हो । घटनापछि फरार भएका मंशिरेलाई लुकिछिपी बसिरहेको अवस्थामा खाँदवारी-७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!