संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-३ स्थित सितलादेवी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले शुक्रबार ‘फुड फेस्ट’ गरेका छन् । ६ देखि १० कक्षासम्मका विद्यार्थीहरूले स्कुलमा एक दिने फुड फेस्ट अर्थात खाना उत्सव आयोजना गरेका हुन् ।

Advertisement

खाना उत्सवमा विभिन्न जातीय खानाका परिकारको प्रदर्शनी गरियो । सात वटा स्टलमा ढिँडो, गुन्द्रुक, गुराँसको जुस, अर्गानिक खानेकुराका परिकार लगायतको प्रदर्शनी गरिएको थियो ।

मनोरञ्जनका लागि विभिन्न खेलहरू पनि खेलाइएको थियो ।

विद्यार्थीहरुबीच एक आपसमा सिकाइ आदानप्रदानका लागि खाना महोत्सव गरिएको विद्यालयका प्रधानाध्यापक चनकुमार पौडेलले जानकारी दिए । सो विद्यालयमा हरेक वर्ष खाना उत्सव गरिदै आएको छ ।

तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!