संगालोखबर


विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटका राष्ट्रिय खेलाडीको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर-५ का २७ वर्षीय मिनष थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

आज बिहानको राति पौने १ बजेतिर विराटनगर-४ स्थित भित्री सडक खण्डबाट गणेश चोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । राष्ट्रिय क्रिकेट खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए ।

ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेका थिए । शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!