पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

विराटनगर । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको हो । अब, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँ ५० पैसा पर्नेछ । त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७७ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्...
रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

रिलायबलद्वारा धनकुटामा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित आधारभुत विद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गर्ने सो विद्यालयमा कम्पनीले सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो । नुहाउन तातो पानी आउँने सोलार हिटर सिस्टम, इलेक्ट्रिक फिल्टर, खानेपानीको टङ्की २ थान र ग्यास सिलिन्डर २ थान प्रद...
इटहरीमा मलामीद्वारा चिर्पटले हानेर घाटका कामदारको हत्या

इटहरीमा मलामीद्वारा चिर्पटले हानेर घाटका कामदारको हत्या

सुनसरी । मलामी आएका युवाहरूले कुटपिट गरी सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटका कामदारको हत्या गरेका छन् । चिर्पट प्रहारबाट घाटमा दाउराको हार मिलाउँने र शव जलाउँने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका-४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले आज दिउँसो १ः४५ बजे विनोदमाथि चिर्पट प्रहार गरी कुटपिट गरेका...
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

खोटाङ । नेकपा एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन् । गएराती सम्पन्न आठौं जिल्ला अधिवेशनमा निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । निवर्तमान उपाध्यक्ष राईले ३३९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी दंगालले १८७ मत पाएका छन् । उपाध्यक्षमा ३९५ मतसहित कुमार आचार्य निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी उप...
इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

इटहरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई हलगडामा बस्दै आएका ५२ वर्षीय जय बहादुर राई छन् । मंगलवार साँझ धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले राईलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्...
संखुवासभामा छोराको कुटाइबाट बुबाको मृत्यु

संखुवासभामा छोराको कुटाइबाट बुबाको मृत्यु

संखुवासभा । संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका–२ गैरीगाँऊका ५० वर्षीय युवराज राईलाई उनका छोरा २८ वर्षीय सुमनले कुटपिट गर्दा मृत्यु भएको हो । सोमबार साँझ साढे ६ बजे घरायसी विषयमा हुँदा सुमनले युवराजलाई कुटपिट गरी ढुङ्गाले टाउकोमा हानेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्य...
भेडेटारमा सब्जी बोक्ने मिनिट्रकभित्र भेटियो पाँच सय किलो गाँजा

भेडेटारमा सब्जी बोक्ने मिनिट्रकभित्र भेटियो पाँच सय किलो गाँजा

धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भेडेटार चौकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सब्जी बोक्ने को १ ख ३२९४ नम्बरको मिनिट्रकमा पाँच सय ४४ किलो गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली चेकजाँचमा खटिएको थियो । चेकजाँचका क्रममा मिनिट्रकमा लोड गरिएको सब्जीको बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको भेडेटार प...
मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

विराटनगर । मच्छिन्द्र एफसी काठमाण्डौले आठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न फाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–०  गोलले  हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख पुरस्कार पाएको छ भने उपविजेता सांग्रीलाले ५ लाख ५० हजारमा चित्त बुझाएको छ । विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर इतिहास रचेको म...
धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–१० मार्गास्थित विजय पोल्टी फर्म छेउमा रहेको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ वर्षिय मनिष खतिवडा र धनकुटा–९ का १५ वर्षिय दिपेश ओझा छन् । दिउँसो करिव दुई बजे फोहोर र पानी मिसिएको पोखरीमा डुब्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त पोखरी विजय पोल्टी फर्मको फोहोर फाल्न बनाइएको हो । शवलाई पोष्टमार्टमका...
डाँडाबजारमा खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा

डाँडाबजारमा खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा खानेपानी व्यवस्थापनका लागि एक करोड बजेट उपलब्ध गराउँने घोषणा गरेका छन् । डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयमा आज बिहान आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् । सकेसम्म चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउँने मन्त्री राईको भनाई छ । चालु आर्थिक वर्षमा उपलब...
नोबेलमा स्टेण्ट नहाली गरियो एन्जियोप्लाष्टी

नोबेलमा स्टेण्ट नहाली गरियो एन्जियोप्लाष्टी

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा इलामको सन्दकपुरका अविरमान गुरुङको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ । मुटुमा समस्या भएर आएका सन्दकपुर-२ का ६० वर्षीय गुरुङको विना स्टेण्ट एन्जियोप्लाष्टी गरिएको हो । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाह कमी भई मानिसको ज्यान नै जान सक्ने खतरा हुन्छ । यस्तो अवस्थामा चिकित्सकले बिरामीलाई एन्जियोप्लाष्टी गर्छन् । प्राय एन...
विराट गोल्डकपको उपाधि जित्ने सांग्रीला र मच्छिन्द्र दुवैको दाबी

विराट गोल्डकपको उपाधि जित्ने सांग्रीला र मच्छिन्द्र दुवैको दाबी

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेका मच्छिन्द्र एफसी काठमाण्डौ र घरेलु टिम सांग्रीला मोरङ एफए दुवैले उपाधि जित्ने दावी गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने गरी खेल्ने बताएका हुन् । विराटनगरको सहिद रङ्गशालामा शनिबार साँझ ६ः४५ बजे मच्छिन्द्र र सांग्रीलाबीच उपाधि भिडन्त हुदैछ । मच्छिन्द्र पहिलो पटक व...
सुनसरीको भुटाहामा झडप भएपछि स्थिति तनावपूर्ण, प्रहरीद्वारा हवाई फायर

सुनसरीको भुटाहामा झडप भएपछि स्थिति तनावपूर्ण, प्रहरीद्वारा हवाई फायर

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ भुटाहामा दुई समुहबीच झडप भएपछि स्थिति तनावपूर्ण भएको छ । झडपमा परी चार जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । स्थानीय युवकलाई निर्घात कुटपिट गरिएको विषयलाई लिएर दुई समूहवीच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र ११ सेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । घटनाले उग्ररूप लिने देखिएपछि प्रशासनले सो क्षेत्र...
सिक्किमलाई हराउँदै मच्छिन्द्र पुग्यो विराट गोल्डकपको फाइनलमा

सिक्किमलाई हराउँदै मच्छिन्द्र पुग्यो विराट गोल्डकपको फाइनलमा

विराटनगर । मच्छिन्द्र फुटबल क्लब, विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार राती भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १-० गोलले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनल पुर्य...
धनकुटाको जितपुर र छुम्लिङमा भीषण डढेलो, दर्जनौं घर जोखिममा

धनकुटाको जितपुर र छुम्लिङमा भीषण डढेलो, दर्जनौं घर जोखिममा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर र छुम्लिङ आसपास क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । वडा नं.६ र ७ को सिमानामा पर्ने गढीसिंहदेवी सामुदायिक बन र वडा नं.७ जितपुरस्थित बनपाला सामुदायिक बनमा भीषण डढेलो लागेको हो । हिजोदेखि नै सुरु भएको डढेलो अझै फैलँदै गएको महालक्ष्मी-७ का वडा सचिव खगेन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार डढेलोका कारण छुम्लिङ, लाटेभन्ज्याङ, जितपुर, का...
विराट गोल्डकप: एपीएफलाई हराउँदै सांग्रीला उपाधि नजिक

विराट गोल्डकप: एपीएफलाई हराउँदै सांग्रीला उपाधि नजिक

विराटनगर । घरेलु टिम सांग्रीला मोरङ, विराट गोल्डकपको फाइनल पुगेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा बुधबार राती भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफलाई सडनडेथमा ४-३ गोलले हराउँदै सांग्रीला उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट गरिएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकर...
विराटनगरमा जुवा खेल्ने १० जना पक्राउ

विराटनगरमा जुवा खेल्ने १० जना पक्राउ

विराटनगर । विराटनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ स्थित सगरमाथा स्कुल छेउका वेदनिधि दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ का ४० वर्षीय किसन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी, ६५ वर्षीय देवेन्द्र बहादुर सुब्बा र ५३ वर्षीय वेदनिधि दाहाल छन...
झापाको गन्धर्व वस्तीमा मुख्यमन्त्रीको बास, स्थानीयलाई समस्या समाधानको आस

झापाको गन्धर्व वस्तीमा मुख्यमन्त्रीको बास, स्थानीयलाई समस्या समाधानको आस

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आफ्नो नियमित काम सकेर सोमबार साँझ झापाको कचनकवल गाउँपालिका-२ स्थित लोपोन्मुख गन्धर्व जातीको बस्तीमा पुगे । झमक्क साँझ परेका बेला मुख्यमन्त्री कार्कीको टोली आइपुग्दा गाउँले अचम्मित भए । मुख्यमन्त्री कार्की गन्धर्व वस्तीको अवलोकन सकेर राती ८ बजे शिव गन्धर्वको आँगनमा ओछ्याइएको म्याटमा पलेटी बाँधेर बसे । मुख्यमन्त्री आएको थाहा पाएपछि गन्धर्व वस्तीक...
तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

तेह्रथुममा श्रीमानद्वारा श्रीमतीको हत्या

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४६ वर्षीय दीपक लिम्बुले घरायसी विवादका क्रममा ५४ वर्षीया श्रीमती सुवासकुमारी लिम्बुको हत्या गरेका हुन् । सोमबार साँझ करिब ७ बजे दिपकले श्रीमती सुवासकुमारीलाई सिकल प्रहार गरेका थिए । धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प...
छथर जोरपाटीले जित्यो कर्मचारी फुटबल प्रतियोगिताको उपाधि

छथर जोरपाटीले जित्यो कर्मचारी फुटबल प्रतियोगिताको उपाधि

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित अन्तर पालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाको टिमले जितेको छ । फाइल खेलमा पाख्रिवास नगरपालिकालाई २–० गोलले पराजित गर्दै छथर जोरपाटीले उपाधि जितेको हो । उपाधिसँगै छथर जोरपाटीले ६० हजार रुपैयाँ पाएको छ भने उपबिजेता पाख्रिवासले ४० हजारमा चित्त बुझाएको छ । महालक्ष्मी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा धनकुटाका ...
पेट्रोलको भाउ बढ्यो

पेट्रोलको भाउ बढ्यो

विराटनगर । पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले वृद्धि भएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागू हुनेगरि पेट्रोलको मूल्य बढाएको हो । अब विराटनगर, चारआली, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ ५० पैसा पर्नेछ । काठमाडौं उपत्यकासँगै पोखरा र दिपायलमा १७५ रुपैयाँ तथा सुर्खेत र दाङमा १७४ पर्ने निगमले जनाएको छ । डिजेल, मट्टितेल र खाना ...
पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्...
चैत २३ गतेदेखि हिले उत्सव हुने

चैत २३ गतेदेखि हिले उत्सव हुने

धनकुटा । धनकुटाको हिलेमा ‘हिले उत्सव’ गरिने भएको छ । हिले फुटबल क्लब र भलिबल क्लबको आयोजनामा चैत २३ गतेदेखि २१ दिनसम्म हिले उत्सव गर्न लागिएको हो । आयोजकले आज पत्रकार सम्मेलन गरेर उत्सव गर्ने तयारी भइरहेको जानकारी दिएको हो । हिलेस्थित खेल मैदानमा हुने उत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुती, खानाका स्टल, घरेलु उत्पादनको प्रदर्शनी, बाल उद्यान लगायत रहेनछ । यस पटक उत्सवमा फुटबल र भलिबल प...
धनकुटाको खानेपानी समस्या समाधान गर्न एक करोड बजेट दिने मन्त्री राईको घोषणा, पछि थप गरिने

धनकुटाको खानेपानी समस्या समाधान गर्न एक करोड बजेट दिने मन्त्री राईको घोषणा, पछि थप गरिने

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि चालु आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट एक करोड बजेट उपलब्ध गराउने घोषणा गरेका छन् । नवनियुक्त मन्त्री राईलाई बधाई तथा सम्मानका लागि धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् । खानेपानी उपभोक्ता समितिलाई अहिले एक करोड दिन...
धनकुटामा मन्त्री राजेन्द्र राईद्वारा वडाको भवन शिलान्यास, विद्यालय भवन उद्घाटन

धनकुटामा मन्त्री राजेन्द्र राईद्वारा वडाको भवन शिलान्यास, विद्यालय भवन उद्घाटन

धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा नं.३ र वडा नं.७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका-४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् । पाख्रीवास वडा नं.३ ले कालीमाटी र वडा नं.७ ले ...
विराट गोल्डकप: पुलिसलाई हराउँदै भुटान क्वाटर फाइनलमा

विराट गोल्डकप: पुलिसलाई हराउँदै भुटान क्वाटर फाइनलमा

विराटनगर । भुटानको रोयल थिम्पु फुटबल क्लब विराट गोल्डकपको क्वाटर फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० गोलले हराउँदै भुटानले विजयी सुरुवात गरेको हो । जितका लागि भुटानका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरुङले समान १-१ गोल गरे । खेलको ३६ औं मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रह...
धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटामा पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा आज पिकअपले ट्रकलाई ठक्कर दिँदा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार घर भई धनकुटा–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी छन् । दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दै गरेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट ग्य...
युवा उद्यमीले मोटर र्‍यालीमार्फत कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने

युवा उद्यमीले मोटर र्‍यालीमार्फत कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने

विराटनगर । युवा उद्यमीहरूले कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने गरी मोटर र्‍याली गर्ने भएका छन् । नेपाली युवा उद्यमी मञ्च विराटनगर, सुनसरी र झापा च्याप्टरले चैत १६ देखि १८ गतेसम्म मोटर र्‍याली गर्न लागेको हो । तीन वटै जिल्लाका युवा उद्यमीहरूले आज विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली गर्न लागिएको जानकारी दिएका छन् । सुनसरीको इटहरीबाट ...
विराटनगरका वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगरका वरिष्ठ साहित्यकार सुवेदीको निधन

विराटनगर । विराटनगरका वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित सुवेदीको ७८ वर्षको उमेरमा आज बिहान करिब ३ बजे निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि सुवेदीलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । साहित्यकार सुवेदीका दर्जनौं कृति प्रकाशित छन् । उनको समग्रह समालोचना विश्वविद्यालयमा पढाइ हुने गरेको छ । सुवे...
डढेलोले पाइप जलेपछि खानेपानी आयोजनाको काम प्रभावित

डढेलोले पाइप जलेपछि खानेपानी आयोजनाको काम प्रभावित

धनकुटा । डढेलोले पाइप जलेपछि निर्माणाधीन छथर जोरपाटी वृहत खानेपानी आयोजनाको काम प्रभावित भएको छ । गत चैत २ गते स्थानीय पाथीभरा सामुदायिक वनमा लागेको डढेलोका कारण खानेपानीको पाइप जलेको हो । खानेपानी आयोजनाका लागि बिछ्याएको १४०, ४०, ३२ र २५ एमएमको करिब २ हजार मिटर पोलिथिन पाइप जलेर नष्ट भएको छथर जोरपाटी गाउँपालिका ४ का वडासचिव शंकर ओझाले जानकारी दिए । उनका अनुसार पाइप जलेपछि खानेपानी आयोजना निर्म...
धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । मंगलबार बिहान औद्योगिक ग्राम क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खा...
error: Content is protected !!