संगालोखबर सम्बाददाता

विराटनगर । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन् । मोरङको धनपालथान गाउँपालिका ३ सोराभागस्थित गुल्मका प्रमुखसमेत रहेका डीएसपी बस्याल आज दिउँसो करिब ३ः३० बजे क्वाटरमै मृत भेटिएका हुन् ।

Advertisement

कार्यालय परिसरमै रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्याल मृत फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

‘दिउँसो कोठामै झुण्डिएको अवस्थामा शव फेला परेको छ,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘मृत्युको कारण खुलेको छैन, हामी थप बुझ्दैछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!