संगालोखबर सम्वाददाता

विराटनगर । उदयपुरको मैनामैनीमा बोलेरो गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । धरानबाट भोजपुरको घोडेटार जाँदै गरेको को १ ज ३२९३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ । गाडीमा १४ जना सवार थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!