संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई सम्मानित भएका छन् । मोरङको विराटचोकमा नझरेका फूलहरू पलेँटी साँझद्वारा लुकेको प्रतिभाको रुपमा पूर्व सांसद राईलाई सम्मान गरिएको हो ।

Advertisement

ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरू पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले राईलाई सम्मानित गरे ।

मोरङ कानेपोखरी ५ स्थायी ठेगाना भएका राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा चर्चित गीत, कविता र अनेकन विधामा साहित्यिक रचनाहरूका माध्यमबाट राईले अतुलनीय योगदान पुर्याएकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।

विद्यालय अध्ययनकै बेलादेखि कविता लेख्न थालेका राईको ‘रीति’ गीति एल्बम प्रकाशित छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!