रबिन कटेल/संगालोखबर
तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-१० स्थित चुङमाङमा आइतबार दिउँसो भएको पिकअप दुर्घटनामा परी घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा करिब १०/११ वर्षीया बालिकाको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनको शव जिल्ला अस्पतालमै राखिएको छ । हिलेबाट चुङमाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप दिउँसो करिब ३ बजे भारती माध्यमिक विद्यालय नजिक दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी घाइते भएका १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बालिकाको मृत्यु भएको हो । १३ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

तस्वीर सौजन्य: हरीप्रसाद पौडेल

धनकुटा-४ का ३७ वर्षीया देवी खत्री, १० वर्षीय आजित खत्री, ४६ वर्षीया सुनिता खत्री, ३६ वर्षीया देवीका खत्री, पाख्रीवासकी ६० वर्षीया लक्ष्मी राई, २२ वर्षीया रेबिका राई र ४० वर्षीया सानु आलेको उपचार भइरहेको छ । बाँकी घाइतेको पहिचान खुल्न बाँकी छ ।

ब्रेक फेल भएर पिकअप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसअघि प्रकाशित…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!