सहिदभूमिको बजेट संशोधनका लागि गाउँसभामा प्रस्ताव पेश
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को बजेट संशोधनका लागि गाउँसभामा प्रस्ताव पेश गरिएको छ । बिहीबार दोस्रो गाउँसभाको चौथो अधिवेशनको पहिलो बैठकमा बजेट संशोधन प्रस्ताव पेश गरिएको हो ।
गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष एवं बजेट तर्जुमा समिति संयोजक रत्नश्वरी राईले बजेट संशोधन प्रस्ताव पेश गरिन् । भवन निर्माण तथा मर्मत, सडक निर्...































