गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विराटनगरमा स्टाफ नर्सको हत्या भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत सिराहाको फुल्काहकट्टीकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको हो ।

Advertisement

उनी, विराटनगर–४ बुढाथोकी मार्गमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको शौचालयमा आज दिउँसो करिब १२ बजे उनको शव फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘घाँटीसहित अन्य स्थानमा हतियार प्रहार भएको चोट देखिएको छ,’ डीएसपी दाहालले संगालोखबरसँग भने, ‘प्रारम्भिक रुपमा हेर्दा हत्या भएको देखिन्छ, तर, कसले र किन हत्या गर्यो भन्ने खुल्न बाँकी छ ।’

मृतकको परिवारलाई घटनाको बारेमा जानकारी दिएर बोलाइएको छ । परिवारका सदस्य आएपछि मात्र शव उठाइने प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!