संगालोखबर सम्वाददाता

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका-७ पिप्लेमा शनिवार आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भएको छ । ग्वालीमा आगलागी हुँदा जलेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको हो ।

Advertisement

आगलागीमा परी स्थानीय रमेश कार्कीकी छोरी ७ वर्षीया दीपशिखा, ३ वर्षीय छोरा देउनिस र रमेशका दाइ केदार कार्कीका छोरा ५ वर्षीय प्रनिश कार्कीको मृत्यु भएको भोजपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

‘अभिभावकहरू मल बोक्न खेताला गएका बेला ग्वालीमा आगलागी भएछ,’ प्रहरी प्रवक्ता राईले संगालोखबरसँग भने, ‘ठूलो मान्छे कोही नभएको बेला भएकाले एउटै घरका तीन जना बालबालिका आगोमा परेछन् ।’ आगलागीको कारण खुलेको छैन ।

त्यस्तैगरी, भोजपुर नगरपालिका-१२ टक्सारको मालबाँसेमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय वनमा लागेको आगो शनिवार दिउँसो बस्तीमा पस्दा विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एउटा घर जलेको छ । बसोबास नभएको एउटा पुरानो घर पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!