धनकुटामा बिप्लवको अपिल : एनसेल सिम प्रयोग नगरौ, छतबाट टावर हटाऔं
धनकुटा । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ ।
सो पार्टीका धनकुटा इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै एनसेल बहिस्कार गर्न अपिल गरेका हुन् ।एनसेलले सरकारलाई कर नतिरेर लुट मच्चाएको भन्दै घरको छतबाट एनसेलको टावर हटाउँन, सिम तथा रिचार्ज कार...






























