संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–८ स्थित एसपीमोडमा आज टेलर पल्टिँदा सह–चालकको मृत्यु भएको छ । स्काभेटर बोकेर भेडेटारबाट छ नम्बर बुधबारे तर्फ जाँदै गरेको ना.७ ख.७९१७ नम्बरको टेलर बिहान करिव साँढे १० बजे पल्टिँदा टेलर सह–चालक ईटहरी–४ का ३० बर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

Advertisement

कच्ची सडकमा घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई टेलर पल्टिँदा किचिएर राईको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदर्शन कोईरालाले जानकारी दिए ।

टेलर पल्टिएर सडक ढाकेपछि साे सडक खण्डमा सवारी साधन एकतर्फी मात्र आवत–जावत भईरहेका छन् । गाडी हटाएर सडक खुलाउँने प्रयास भईरहेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताए ।

घटनापछि संखुवासभाको धर्मदेवी नगरपालिका–९ का ३१ बर्षीय टेलर चालक बिन्दुराज महतलाई ईलाका प्रहरी कार्यालय राजारानीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!