- सन्तोष रुचाल/संगालोखबर

धनकुटा । घरेलु मैदानमा धनकुटा फुटवल संघलाई हराउँदै मोरङ फुटवल क्लवले सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधि जितेको छ ।

Advertisement

धनकुटाको तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनलमा घरेलु टिम धनकुटालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ४१ औं मिनेटमा मोरङकी ईमा राईले गरेको एक मात्र गोल नै उपाधिका लागि निर्णायक बन्दा घरेलु मैदानमा धनकुटा निरिह सावित भयो ।

धनकुटाकी भूमिका राईले डिवक्स एरियाभित्र हातले बल छोएपछि मोरङले पेनाल्टीको मौका पायो । सोहि मौकालाई सदुपयोग गरी मोरङकी इमाले पेनाल्टी मार्फत गोल गर्दैै टिमलाई उपाधि चुमाएकी हुन् । उपाधिसँगै मोरङले नगद १ लाखसहित ट्रफि पाएको छ भने उप–विजेता धनकुटाले नगद ५० हजार र ट्रफिमा चित्त बुझाएको छ ।

उपाधिका लागि निर्णायक गोलकर्ता ईमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । बिजयी टिम र खेलाडीलाई पूर्वमन्त्री सुनिलबहादुर थापा, प्रदेश सांसद लिला सुब्बा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

धनकुटाका सहिद रामकृष्ण श्रेष्ठको संझनामा स्मृति प्रतिष्ठानले संचालन गरेको प्रतियोगिताको उपाधिका लागि पूर्वका ८ टिमवीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!