संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

झापा । झापाको बाह्रदर्शी गाउँपालिका–३ स्थित राजगढ बजारबाट नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंञ्जगाउँपालिका–१ का २८ बर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ का २० बर्षीय जीवन दास छन् ।

राजगढ बजारका व्यावसायी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सिआईवी प्रहरी भएको भन्दै उनीहरुले आज दिउँसो साँढे १२ बजे आलमसंग ७ हजार रुपैया असुली गरेका थिए ।

Advertisement

उनीहरुको व्यवहार संकास्पद देखिएपछि स्थानीयबासीले ईलाका प्रहरी कार्यालय राजगढमा खबर गरे । ईप्रकाबाट पुगेको प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गर्दा उनीहरु नक्कली प्रहरी भएको खुलेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापा पठाईको ईलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!