संगालोखबर सम्वाददाता

धनकुटा । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बहिस्कार गर्न धनकुटाबासीलाई अपिल गरेको छ ।

Advertisement

सो पार्टीका धनकुटा इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै एनसेल बहिस्कार गर्न अपिल गरेका हुन् ।एनसेलले सरकारलाई कर नतिरेर लुट मच्चाएको भन्दै घरको छतबाट एनसेलको टावर हटाउँन, सिम तथा रिचार्ज कार्ड बिक्रि बितरण नगर्न र एनसेल सिमको प्रयोग बन्द गर्न अपिल गरिएको हो ।

‘घरको छतमा जडान गरिएको एनसेलको टावर हटाउँन अनुरोध गर्दछौ । साथै एनसेलको सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री बितरण गर्ने सवै व्यवसायी तथा जनसमुदायलाई कारोबार तथा सिम प्रयोग नगर्न अनुरोध छ ।’ बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्ती…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!