संगालोखबर सम्वाददाता
मुलघाटको पुलबाट देखिएको तमोर नदी । फाईल तस्वीर: संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाट स्थित पुलबाट तमोर नदीमा हामफाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा इटहरी उपमहानगरपालिका–१ आपगाछीका ३३ बर्षीय राजन चौधरी छन् ।

शनिबार राती करिव ११ बजे घटना भएको हो । इटहरी–१ आपगाछीका २९ बर्षीय अञ्जिल मगर र चौधरी हिउँ खेल्न को.३५ प.४१०१ नम्बरको मोटरसाईकलमा तिनजुरे गएर फर्कने क्रममा चौधरीले पुलबाट हामफालेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

हामफाल्नुको कारण भने खुल्न वाँकी छ । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले नदीबाट मृतक राजनको शव निकालेको थियो ।

मोटरसाईकल चालक मगरलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!