- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा माघ पहिलो साताबाट सहिद रामकृष्ण श्रेष्ठ प्रदेश स्तरीय गोल्डकप महिला फुटबल प्रतियोगिता हुँने भएको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी माघ ३ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।

Advertisement

प्रतियोगितामा १ नम्बर प्रदेशका ८ जिल्लाका उत्कृष्ट महिला टिमहरु सहभागि हुँनेछन् । प्रतियोगिताको बिजेताले १ लाख र उप–बिजेताले ५० हजार नगद पाउँने आयोजक प्रतिष्ठानका सल्लाहकार बिजय सन्तोषी राईले जानकारी दिए ।

२०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालिन राजा विरेन्द्रको सवारीमा बम प्रहार गर्दा श्रेष्ठको निधन भएको थियो ।

धनकुटा–७ घर भएका श्रेष्ठलाई २०७४ माघ ३ गते तत्कालिन शेरवहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेको हो । सहिद श्रेष्ठकै संझनामा यो प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!