
विराटनगर । कोशी प्रदेशमा ३१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशको तथ्याङ्क अनुसार असार २२ गतेसम्म ३१.४९ प्रतिशत रोपाइँ भएको हो ।
गतवर्ष यही समयमा २९.५४ प्रतिशत रोपाइँ भएको थियो । कोशीमा कुल दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये ८७ हजार ३३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार उच्च पहाडमा २३.८३, मध्य पहाडमा ४२.७२ र तराईमा २८.१७ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । जिल्लागत विवरण हेर्दा भोजुरमा सबैभन्दा बढी ७३ प्रतिशत र सबैभन्दा कम तेह्रथुममा १३.८४ प्रतिशत रोपाइँ भएको छ ।
ताप्लेजुङमा ३५.५, संखुवासभामा १४, सोलुखुम्बुमा ३८.०४, पाँचथरमा ५६, इलाममा ३७, धनकुटामा १७, उदयपुरमा ३९.१२ र ओखलढुङ्गामा ३३.७९ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
यस्तै खोटाङमा ४४.७७, झापामा २५.५, मोरङमा २९ र सुनसरीमा २८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

संगालोखबर 

















