- संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाका अध्यक्ष छत्र अधिकारीको निधन भएको छ । छथर जोरपाटी गाउँपालिका–४ ओख्रे घर भएका अधिकारीको ५४ बर्षको उमेरमा बिहिबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध अधिकारीलाई मुखको क्यान्सर भएको थियो । गत साउनमा भरतपुर क्यान्सर अस्पतालमा उनको शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात नियमित ‘फलोअप’ मा रहेका अधिकारीको आफ्नै निवासमा निधन भएको भाइ खिइन्द्र अधिकारीले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी धनकुटाका कार्यबाहक अध्यक्षसमेत रहेका अधिकारी छथरजोरपाटी–३ स्थित चुलाचुली माध्यमिक बिद्यालयमा पढाउँदै आएका थिए । अधिकारीका श्रीमतिसहित दुई छोरा र एक छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!