- संगालोखबर सम्वाददाता

बिराटनगर । फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुँने भएको छ । ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित उद्योग संगठन मोरङले फागुन २ देखि १० गतेसम्म एक्स्पो गर्न लागेको हो ।

Advertisement

उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवद्र्धनमा टेवा पुर्याउँदै उत्पादक र उपभोक्तावीचको व्यावसायीक सम्बन्ध बिकासका लागि एक्स्पो गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, कृषि औजार, सूचना प्रविधि तथा बैकल्पिक उर्जा, अटोमोवाईल्स तथा पार्टस, हस्तकलाका सामाग्री, विधुतीय तथा घरायसी सामाग्री, गार्मेन्ट, खाद्य पदार्थ, शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तिय सस्थाका ३ सय १५ स्टल रहनेछन् ।

जसमध्ये भारत, चीन, भुटान, पाकिस्तान र बंगलादेशबाट ६० स्टल बुक भएका छन् । एक्स्पोमा नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, भुटान, बंगलादेश, पाकिस्तान लगायत देशका ३ लाख अवलोकनकर्ता भित्र्याएर १ अर्बको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष घिमिरेले बताए ।

एक्स्पोलाई नोबेल शिक्षण अस्पतालले मुख्य प्रायोजन गरेको छ । सेन्चुरी मसला सह–प्रायोजक रहेको एक्स्पोमा अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

पूर्वी नेपालको औद्योगिकरणमा टेवा पुर्याउन दुई दशक अघिदेखि उद्योग संगठनले विभिन्न नाममा प्रदर्शनी गर्दै आएको छ । यसअघि २०५३ मा कोशी महोत्सव, २०५७ मा औद्योगिक व्यापार मेला, २०६३ मा कृषि तथा औद्योगिक प्रदर्शनी, २०६६ र २०७३ मा विराट एक्स्पो गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!