- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा आज बिहान बोलेरो दुर्घटना हुँदा उपचारका लागि लगिदै गरेका बिरामीको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

बिहान करिव साँढे ६ बजे स्थानीय ५५ बर्षीय सन्तोष बिकलाई उपचारका लागि ओखलढुंगातर्फ लैजादै गर्दा बा.२१ च.७३६१ नम्बरको बोलेरा दुर्घटना भएको हो । दुर्घटनामा परी बिरामी बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

बोलेरो अनियन्त्रीत भई सडकबाट करिव ४ सय मिटर तल गोपे खोलामा खसेको छ । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी फिस्टेल एयरको हेलिकोप्टरमार्फत काठमाण्डौं पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!