- संगालोखबर सम्वाददाता

सुनसरी । इटहरीमा बुधबार (भोलि) देखि प्रदेश स्तरीय क्यान इन्फोटेक मेला सुरु हुँदैछ । कम्प्युटर व्यवसायीको छाता संगठन क्यान इन्फोटेक सुनसरीको आयोजनामा ५ दिने मेला गर्न लागिएको हो ।

मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । स्टल निर्माण भईसकेको छ भने प्रायोजकको पनि टुंगो लागिसकेको छ । मेला प्रचार–प्रसारको कामलाई तीव्रता दिईएको छ ।

सूचना प्रविधिको बिकाससँगै त्यसबाट मानव जीवनमा पुग्ने फाइदा तथा क्षति र सुरक्षित उपयोग सम्बन्धि जानकारी गराउने उद्धेश्यले मेला गर्न लागिएको क्यान अध्यक्ष बिसाल बास्तोलाले जानकारी दिए । उनका अनुसार मेला अवलोकनमा आउने आन्तरीक तथा बाह्य पर्यटकलाई दैनिक ‘लक्कि ड्र’ मार्फत आर्कषक उपहारको व्यवस्था मिलाइने छ ।

मेलालाई ‘प्रभु पे’ ले मुख्य प्रायोजन गरेको छ भने बल्डलिंक कम्युनिकेशन, अफिसियल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स पनि प्रायोजकमा छन् । मेलामा पर्यटकलाई आकर्षित गर्न रोबट वार, आइटी म्यूजियम, सेफ्टी एण्ड सेक्युरिटी सम्बन्धी प्रदर्शनी हुँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!