- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शुक्रबार साँझ गुडिरहेको बसमा आगलागी भएको छ । साँगुरीगढी गाउँपालिका–६ सिमसुवा स्थित कोशी राजमार्गमा गुडिरहेको बसमा अचानक आगो लाग्दा ६ जना घाइते भएका छन् ।

Advertisement

धनकुटाबाट बिराटनगर तर्फ जाँदै गरेको ना.५ ख.८००३ नम्बरको बसमा आगो लागेको प्रहरीले जनाएको छ । बिराटनगरको ईडेनबर्ग कलेजबाट तालिमका लागि धनकुटा आएर बिराटनगर फर्कदै गरेको बसमा बेलुकी साँढे पाँच बजे आगो लागेको हो ।

बसमा आगो लागेपछि भाग्ने क्रममा बिद्यार्थीहरु घाईते भएका हुन् । घाईतेहरुको अवस्था सामान्य रहेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको छ । बसमा अचानक कसरी आगो लाग्यो भन्ने खुल्न सकेको छैन । ब्रेक धेरै तातिदा आगो निश्किएर त्यसबाटै अन्यत्र आगो फैलिएको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

घटनापश्चात चालक र सह-चालक फरार रहेकाले उनीहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!