
धनकुटा । धनकुटामा विभिन्न समयमा बरामद गरिएको एक हजार किलो बढी गाँजा जलाएर नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले मूलघाटस्थित तमोर नदी किनारमा एक हजार दुई किलो तीन सय ग्राम गाँजा जलाएर नष्ट गरेको हो ।
यस्तै तीन हजार आठ सय ३६ ट्रामाडोल क्याप्सुल, तीन हजार सात सय ८१ ट्याब्लेट रेसिसपासल, ४१ ट्याब्लेट स्पासपेन र डेकोलिक एक ट्याब्लेट पनि जलाएर नष्ट गरिएको छ ।
विभिन्न समयमा बरामद गरिएको लागूऔषध कानुनी प्रक्रिया पूरा गरेर नष्ट पारिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । पछिल्लो समय जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाइएको उनले बताए ।
जिल्ला प्रवेश गर्ने मुख्य नाका, राजमार्ग तथा शंकास्पद गतिविधि हुने क्षेत्रहरूमा निगरानी बढाइएकाले लागूऔषधसहित पक्राउ पर्ने घटना वृद्धि भएको प्रहरीको भनाइ छ ।

संगालोखबर 

















