
विराटनगर । विराटनगरको भाटभटेनी सुपरमार्केट ११ महिनापछि पुनः सञ्चालनमा आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएपछि क्षतिग्रस्त भएको भाटभटेनी आजबाट सञ्चालनमा आएको हो ।
भाटभटेनीकी सञ्चालक सावित्री गुरुङले वैदिक सनातन पद्धतिअनुसार पूजाआजा गरी स्टोरको उद्घाटन गरिन् । उद्घाटनका क्रममा सञ्चालक गुरुङले ग्राहकहरूको सद्भाव, सहानुभूति र स्नेहका कारण नै भाटभटेनी परिवार खरानीबाट पुनः उठ्न सफल भएको बताइन् ।
यसअघि नै भाटभटेनीको वेयरहाउससहित कोटेश्वर, महाराजगञ्ज, चितवन, भरतपुर, पोखरा र बौद्धका स्टोरहरू पुनः सञ्चालनमा आइसकेका छन् । अब छिट्टै बिर्तामोड, धरान र काठमाडौंको टङ्गालस्थित स्टोरहरू पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

संगालोखबर 

















