- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवासमा शुक्रबार नेकपा नगर कमिटिको चौथो पूर्ण तथा प्रथम बिस्तारित बैठक बसेको छ । बैठकमा पार्टीको तीन महिने अभियानको समिक्षा गर्दै अध्यक्ष शान्तिराम गौतमले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा छलफल गरिएको छ ।

Advertisement

बैठकमा मध्यपहाडी लोकमार्ग अन्र्तगतको हिले–लेगुवा सडक निर्माणमा गुणस्तरता र तिव्रताका लागि ठेकेदारको ध्यानाकर्षण गराउँने, जनअपेक्षा अनरुप काम गर्न स्थानीय सरकारलाई आग्रह गर्ने, भ्रमण बर्ष सफल पार्न सहयोग पुर्याउँने लगायत निर्णय भएको नगर कमिटीले जनाएको छ ।

नगर कमिटीका ८५ सदस्य, पार्टीका १० वटै वडाध्यक्ष, नगरक्षेत्रका जिल्ला सदस्य लगायत बैठकमा सहभागि थिए । बैठक उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला नेताहरु पनि सहभागि थिए ।

नेकपाले बिकासको लहर ल्याएको छ : अध्यक्ष राई

बैठकलाई संबोधन गर्दै प्रतिनिधिसभा सदस्य एवं नेकपाका धनकुटा अध्यक्ष राजेन्द्र राईले नेकपा नेतृत्वको सरकारले गाउँ–गाउँमा बिकासको लहर ल्याएको दावी गरेका छन् ।

नेकपाले जहिल्यौं पनि जनताको आवश्यकताका सवाललाई प्राथमिकतामा राख्ने गरेको भन्दै अध्यक्ष राईले अहिले गाउँ–गाउँमा बिकास निर्माणले गति लिएको दावी गरे । कामबाट नै उपलब्धि हासिल हुँने उदाहरण दिदै उनले कृषि क्षेत्रमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह पनि गरे ।

एकताको मर्म विपरित हिड्ने छुट कसैलाई छैन : सचिव ढुंगाना

नेकपाका धनकुटा सचिव ऋषिराम ढुंगानाले पार्टी भित्र एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् । पार्टी एकताको मर्म र भावना विपरित काम गर्न कुनैपनि नेता कार्यकर्तालाई छुट नभएको भन्दै सचिव ढुंगानाले पार्टी मजवुत हुँनलाई आन्तरिक एकता मजवुत हुँनुपर्नेमा जोड दिए ।

‘हामीले १० बर्षे जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनवादी क्रान्तिका वाँकी कार्यभार पुरा गरी समाजवादी क्रान्तिको आधार तयार गर्नु पर्ने छ ।’ सचिव ढुंगानाले भने ‘यसका लागि सवै अनुशासित र मर्यादित भई पार्टी एक ढिक्का भएर अघि बढ्न आवश्यक छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!