संगालोखबर सम्वाददाता

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

Advertisement

हेलिकप्टरबाट उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याइएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललनकुमार कुर्मीले बताए ।

मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभि,  ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्रा रहेको प्रहरीले जनाएको छ ।

रिर्सोटमा बास बस्न आएका १५ जना भारतीय नागरिक मध्ये ८ जना सुतेकै स्थानमा बेहोस भेटिएका थिए ।

राती सुत्ने समयमा जाडो अत्याधिक भए पछि हिटर बालेर सुतेको र बिहान वहोस अवस्था भेटिएको जनाइएको छ । भेन्टिलेसन नभएको कोठामा हिटर बालेर सुतेकाले घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!