- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

धनकुटा । राप्रपा (संयुक्त) का महामन्त्री सुनिल बहादुर थापाले आफुले पार्टी परिवर्तन गर्न लागेको भन्ने हल्ला गलत भएको बताएका छन् । थापा कांग्रेस प्रवेश गर्न लागेको भन्ने चर्चा चलिरहेका बेला उनले त्यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेका हुन् ।

‘कसरी यस्तो कुरा बाहिर आयो, म छक्क परे’ संगालोखबरसँगको कुराकानीमा थापाले भने ‘यो हल्लामा कुनै सत्यता छैन ।’

Advertisement

कांग्रेस सभापति देउवा लगायत नेताहरुसँग आफ्नो भेट नभएको छ महिना भन्दा बढी भईसकेको भन्दै उनले अहिले यस्तो चर्चा हुँदा आफु आश्चर्यमा परेको बताए ।

‘नेपालमा प्रजातन्त्रको रक्षाका लागि डेमोक्रेटिक पार्टीहरु मजवुत र एकजुट हुनुपर्छ भन्ने मान्यता राख्छु । तर, मैले पार्टी प्रवेश गर्ने भन्ने समाचार गलत हो’ उनले भने । पूर्व मन्त्रीसमेत रहेका थापा अहिले गृह जिल्ला धनकुटा आईपुगेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!