संगालोखबर सम्वाददाता
फाइल तस्वीर

माेरङ । मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवी स्थित एनसेल टावरमा आईतबारसाँझ अज्ञात समुहले बम बिस्फोट गराएको छ । साँझ करिव ७ बजे बिस्फोट भएको हो । बिस्फोटबाट भएको क्षतिको विवरण आउँन वाँकी छ ।

बिस्फोटको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।

Advertisement

बिस्फोटको ठुलो आवाज सुनिएपछि स्थानीयबासी त्रसित भएका छन् । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेल टावरहरुमा बिस्फोट गराउँदै आएकाले सोही पार्टीले यो बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तर, बिस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन । दुई दिन अघि केराबारी गाँउपालिकामा पनि बम बिस्फोट भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!