- संगालोखबर सम्वाददाता

धनकुटा । नेकपाले स्थानीय तह निर्वाचनमा ‘क्लिन स्वीप’ गरेको पाख्रीवास नगरपालिका भित्रका हरेक घरमा कम्तिमा एक जनालाई पार्टीको क्रियासिल सदस्य बनाउँने निर्णय गर्दै कांग्रेसको पाख्रीवास नगर सम्मेलन सकिएको छ ।

पाख्रीवासमा आज भएको क्रियासिल सदस्य, संगठन बिस्तार र सुदृढिकरणका लागि छलफल तथा नगर सम्मेलनले हरेक घरमा पार्टी सदस्य बिस्तार गर्ने निर्णय गरेको हो । पाख्रीवास नगरपालिका नेकपाले ऐतिहासिक रेकर्ड बनाएको स्थान हो । जहाँ गत स्थानीय तह निर्वाचनमा नगर प्रमुख, उपप्रमुखसहित ५२ वटै पदमा नेकपाका उम्मेद्वार बिजयी भएका छन् ।

एक घर एक क्रियाशिल सदस्य कम्तिमा बनाउने अभियान संचालन गर्दै संगठनलाई शसक्त र सुदृढीकरण गर्ने निर्णय भएको कांग्रेस जिल्ला सचिव बिजय सन्तोषी राईले जानकारी दिए ।

कार्यक्रममा पाख्रिवासका १० वटै वडा सभापतिले वडाको संगठनको स्थिति र नयाँ क्रियाशिल सदस्यता वितरण सम्वन्धि धारणा राख्दै क्रियाशिल सदस्यता वितरणमा व्यापकता ल्याउने उद्घोष गरेका छन् ।

सोहि अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका केहि युवाहरुलाई कांग्रेस नेताहरुले फुल माला र अविर लगाई स्वागत गर्दै सदस्यता प्रदान गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!